Main News

काठमाडौंको तार्केश्वरमा एकै परिवारका चार जना मृत फेला

हिमालय टिभी
२०७९ साउन १६ गते १४:४०
काठमाडौंको तार्केश्वरमा एकै परिवारका चार जना मृत फेला

१६ साउन २०७९ काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर २ काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन् ।

घरभित्र ४१ वर्षीय दिनेश पाण्डे, उहाँकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, छोरी १३ वर्षीया आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे मृत फेला परेको प्रहरीले जनाएको छ । मृत फेला परेका चारै जनाको शरीरमा चक्कु प्रहार भएको देखिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा चक्कु पनि फेला परेको छ। घटनास्थल पुगेका प्रहरीले बाह्य मान्छे पुगेर हत्या गरेको जस्तो नदेखिएको बताएका छन् । परिवारकै कोही सदस्यबाट हत्या गरेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

उनीहरु मृत फेला परेको घरको कोठा भित्रबाटै बन्द थियो। आज बिहान प्रहरी र स्थानीय ढोका फोरेर घरभित्र गएका थिए। दिनेश झुण्डिएको अवस्थामा फेला परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *