Main News
नेकपा महासचिव विप्लवसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी
२०७९ साउन १६ गते १२:५८

१६ साउन २०७९ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना, विस्फोटक पदार्थ विस्फोट गराई कर्तव्य ज्यान, राज्यविरुद्धको अपराध समेतको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको हो। अदालतले आज जारी गरेको पक्राउ पुर्जीमा ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ।
२०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको अदालतले जनाएको छ।
प्रतिक्रिया