Main News

मेयर सम्मेलनले जारी गर्‍यो सातबुँदे पोखरा घोषणापत्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन १५ गते १८:५८
मेयर सम्मेलनले जारी गर्‍यो सातबुँदे पोखरा घोषणापत्र (भिडियो रिपोर्टसहित)

१५ साउन २०७९ कास्की । पोखरामा भएको महानगरका मेयर सम्मेलनले ७ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ ।

सम्मेलनका सहभागी मेयरहरुले महानगरका लागि छुट्टै ऐनको समेत माग गरेका छन् । फोहर व्यवस्थापनमा संघीय सरकारले सहयोग नगरेको आरोप लगाएका छन् ।

६ वटा महानगरपालिकाका मेयरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विद्यमान संघीय कानूनको परिमार्जनसँगै महानगरपालिकाका लागि छुट्टै ऐन बनाइदिन संघ सरकारसँग माग गरेका हुन् ।

महानगरबीच आपसी समन्वय गरेर अन्य सरकार र राज्यका अंग र निकायसँग सूचना सम्प्रेषण र परामर्श गरेर सहकार्य गर्ने घोषणापत्रमा उल्लेख छ ।

भेलामा यसअघि पाँच वर्ष महानगरको नेतृत्व सम्हालेका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महानगरको कार्यसम्पादनमा भोग्नुपरेका समस्याबारेमा जानकारी गराउनुभएको थियो । २ दिने सम्मेलनमा ६ महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत सहभागी थिए । आगामी सम्मेलन भरतपुरमा हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *