Main News
चिनी मिलको समस्या तत्काल समाधान गर्न संसदीय समितिको निर्देशन (भिडियो रिपोर्टसहित)
२०७९ साउन १५ गते १८:५२

१५ साउन २०७९ काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा आज बसेको बैठकले सरोकारवाला मन्त्रालय र सम्बन्धित पक्षसँग छलफल गरी चिनी मिलको समस्या तत्काल समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकमा समितिका सदस्यहरुले चिनी मिलको समस्या तत्काल समाधान गर्न सरकारलाई आग्रह गरेका थिए ।
प्रतिक्रिया