राजनीति
जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाउने माओवादी केन्द्रको निर्णय
२०७९ साउन १५ गते १२:५५

१५ साउन २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रले जनार्दन शर्मालाई पुनः अर्थमन्त्री बनाउने निर्णय गरेको छ ।
माओवादी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले शर्मालाई पुनः अर्थमन्त्रीमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
शर्मालाई आजै शपथ गराउने तयारी गरिएको छ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गराएको आरोप लागेपछि शर्माले असार २२ गते राजीनामा दिनुभएको थियो ।
यसबारे छानबीन गर्न संसदीय विशेष समिति गठन गरिएको थियो । समितिले शुक्रबार बजेटमा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता पुष्टि हुन नसकेको प्रतिवेदन बुझाएको थियो ।
प्रतिक्रिया