Main News

दीक्षार्थी मुमुक्षु ताराजी लुनियाको मंगल भावना आयोजना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन १४ गते १४:२९
दीक्षार्थी मुमुक्षु ताराजी लुनियाको मंगल भावना आयोजना (भिडियो रिपोर्टसहित)

१४ साउन २०७९ काठमाडौं । जैन श्वेताम्बर तेरापन्थी सभाले दीक्षार्थी मुमुक्षु ताराजी लुनियाको मंगल भावना समारोहको आयोजना गरेको छ ।

जैन धर्ममा यसलाई आगारबाट अनगारमा प्रवेश गर्ने क्षणको रुपमा लिइन्छ । सामान्य बुझाइमा यसलाई गृहिणीबाट साधुसन्तमा प्रवेश गर्ने परम्परा रहेको जैन श्वेताम्बर तेरापन्थी सभाका पूर्वअध्यक्ष दिनेशकुमार नौलखाले जानकारी दिनुभयो ।

साधारण गृहिणीबाट अनगारमा प्रवेश गर्नलाई सत्य, अहिंसा, अर्चोय, ब्रह्मचर्य र अपरिग्रह यी पाँच वटा व्रत बस्नुपर्ने जैन मान्यता रहेको उहाँले जानकारी दिनुभयो ।

जैन श्वेतांबर तेरापंथी सभाका अध्यक्ष सुशीलकुमार जैनले विभिन्न ठाउँमा गएर जैन धर्मको प्रचारप्रसारमा लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *