Main News

अमेरिकी सहायक विदेशमन्त्री लुले आज उच्चस्तरीय भेटवार्ता गर्दै

हिमालय टिभी
२०७९ साउन १३ गते ९:०९
अमेरिकी सहायक विदेशमन्त्री लुले आज उच्चस्तरीय भेटवार्ता गर्दै

१३ साउन २०७९ काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

तीन दिने भ्रमणका लागि हिजो काठमाडौँ आउनुभएका लुले आज उच्चस्तरीय भेटवार्ता गर्न लाग्नुभएको हो । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री लु भारत हुँदै काठमाडौँ आउनुभएको हो ।

नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने निर्णय गरेको एक महिनापछि लु काठमाडौँ आएकाले यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

नेपालले गएको असार ६ गते एसपीपी अघि नबढ्ने निर्णय गरे पनि अहिलेसम्म अमेरिकालाई औपचारिक पत्राचार गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *