Main News

सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दै

हिमालय टिभी
२०७९ साउन १३ गते ९:०६
सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दै

१३ साउन २०७९ काठमाडौं । सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दैछ ।

बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकले शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई पारित गर्ने तयारी गरेको छ ।

आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाको सन्देशसहित प्राप्त शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, पारित गर्नको लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले बताउनुभयो ।

उहाँका अनुसार आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको “स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक र राष्ट्रिय सभामा उत्पत्ति भएको “प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत हुनेछ ।

यस्तै राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत हुनेछ भने राष्ट्रिय सभाको सन्देश सहितको “काठमाडौं उपत्यका सावर्जनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ । आजै दिउँसो १ बजे राष्ट्रियसभाको बैठक पनि बस्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *