स्थानीय निर्वाचनको मत समीक्षा– एमाले र कांग्रेसको टक्कर, संघीय निर्वाचनमा गठबन्धनलाई फाइदा (भिडियो रिपोर्टसहित)
११ साउन २०७९ काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामले कांग्रेस र एमालेबीच टक्कर देखिएको छ । संघ र प्रदेशको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगले स्थानीय तहमा पाएको दलगत मत सार्वजनिक गरेको छ । यसलाई आधार मान्दा कांग्रेस र एमाले मुख्य प्रतिष्पर्धीका रुपमा देखिएका छन् भने माओवादी तेस्रोमा छ ।
निर्वाचन आयोगको अन्तिम निर्वाचन परिणामअनुसार कांग्रेसले १ सय ४१ नगरप्रमुख र १ सय ८८ गाउँपालिका अध्यक्ष जितेको छ । त्यस्तै एमालेले ८३ नगरप्रमुख र १ सय २३ गाउँपालिका अध्यक्ष पाएको छ । प्रमुख र अध्यक्षको संख्यामा कांग्रेस अघि रहेपनि कुल मत परिणाम हेर्दा एमाले अघि देखिन्छ । वडाध्यक्ष पदमा भने कांग्रेसले धेरै स्थानमा जितेको छ ।
निर्वाचन परिणाम
नेपाली कांग्रेस
नगर प्रमुख– १ सय ४१ जना
प्राप्त मत– २२,७९,३६३
प्रतिशत– ३३.५६
उपप्रमुख– १ सय १० जना
प्राप्त मत– १५,१५,३९८
प्रतिशत– २४.२०
अध्यक्ष– १ सय ८८ जना
प्राप्त मत– १४,६७,३८८
प्रतिशत ३३.०२
उपाध्यक्ष– १ सय ९० जना
प्राप्त मत– १२,७१,०५०
प्रतिशत– ३०.०७
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
प्रमुख– ८३ जना
प्राप्त मत– २३,४८,७०९
प्रतिशत– ३४.५८
उपप्रमुख– १ सय १५ जना
प्राप्त मत– २२,७०,३२४
प्रतिशत– ३६.२५
अध्यक्ष– १ सय २३ जना
प्राप्त मत– १४,७२,९५९
प्रतिशत– ३३.१४
उपाध्यक्ष– १ सय २६ जना
प्राप्त मत– १४,११,१७४
प्रतिशत– ३३.९३
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
प्रमुख– २५ जना
प्राप्त मत– ६,२७, ६९३
प्रतिशत– ९.२४
उपप्रमुख– ३३ जना
प्राप्त मत– ९,४९, ८५८
प्रतिशत– १५.१७
अध्यक्ष– ९६ जना
प्राप्त मत– ७,१०,२१२
प्रतिशत– १५.९८
उपाध्यक्ष– ९५
प्राप्त मत– ७,४६,५४०
प्रतिशत– १७.६६
जनता समाजवादी पार्टी नेपाल
प्रमुख– ९ जना
प्राप्त मत– ३,०३,२६१
प्रतिशत– ४.४६
उपप्रमुख– १२ जना
प्राप्त मत– ३,२१,८९३
प्रतिशत– ५.१४
अध्यक्ष– २१ जना
प्राप्त मत– २,५४,४०१
प्रतिशत– ५.७२
उपाध्यक्ष– १९ जना
प्राप्त मत– २,५३,७७४
प्रतिशत– ६.०
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
प्रमुख– १२ जना
प्राप्त मत– ३,१८,२६०
प्रतिशत– ४.६९
उपप्रमुख– ११ जना
प्राप्त मत– ३,८८,२०५
प्रतिशत– ६.२०
अध्यक्ष– ८ जना
प्राप्त मत– १,४०,२००
प्रतिशत– ३.१५
उपाध्यक्ष– १२ जना
प्राप्त मत– १,५९,५११
प्रतिशत– ३.७७
वडा अध्यक्षमा कांग्रेस
नेपाली कांग्रेस– २,६४३ वडाध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (एमाले)– २,१३७ वडाध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) – १,०५३ वडाध्यक्ष
जनता समाजवादी पार्टी नेपाल– २९५ वडाध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)– १९० वडाध्यक्ष
यसरी निर्वाचनमा पहिलो हुने निर्वाचन प्रणालीअनुसार कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो भएका छन् । तर देशभरबाट प्राप्त मत परिमाणअनुसार प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमा प्राप्त मत अनुसार एमाले अगाडी देखिन्छ ।
जसअनुसार एमालेले ३३ दशमलव ३९ प्रतिशत र कांग्रेसले ३० प्रतिशत र माओवादी केन्द्रले १७ प्रतिशत मत पाएका छन् । तर वडाध्यक्षमा भने कुल खसेको मतअनुसार कांग्रेसले ३४ प्रतिशत, एमालेले ३३ प्रतिशत र माओवादीले १३ प्रतिशत पाएका छन् ।
यी मत परिणामको आधारमा अबको प्रदेश र संघको निर्वाचनमा समेत कडा प्रतिष्पर्धा हुने देखिन्छ । स्थानीय तहको निर्वाचनमा जस्तै मत परिणाम दोहोरिने हो भने सत्ता गठबन्धनबाट धेरै सिट आउने सम्भावना रहँदा वाम एकता भए परिणाम उल्टिने सम्भावना रहन्छ ।
प्रतिक्रिया