Main News
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, ५६४ जना संक्रमित थपिए
२०७९ साउन ११ गते १६:५१

११ साउन २०७९ काठमाडौं । नेपालमा थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ७७८ जनाको पीसीआर परीक्षणमा ४१८ र एक हजार ६७६ एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण देखिएको हो ।
यस्तै थप एक जनाको कोरोनाका कारण मृत्यु भएको छ । २०२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या तीन हजार ९२९ पुगेको छ ।
प्रतिक्रिया