राजनीति

कांग्रेससँग बार्गेनिङका लागि वाम गठबन्धनको चर्चा चलाइएको नेता कोइरालाको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन ११ गते १४:१४
कांग्रेससँग बार्गेनिङका लागि वाम गठबन्धनको चर्चा चलाइएको नेता कोइरालाको आरोप (भिडियो रिपोर्टसहित)

११ साउन २०७९ काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले कांग्रेससँग बार्गेनिङ गर्न मात्रै वाम गठबन्धनको चर्चा चलाइएको दाबी गर्नुभएको छ ।

आज नेपाल प्रेस युनियन पर्साले वीरगञ्जमा गरेको कार्यक्रममा नेता कोइरालाले सत्ता गठबन्धनमै रहेका दलले यस्तो अभ्यास गर्नु बार्गेनिङ मात्र भएको बताउनुभएको हो ।

सत्ता गठबन्धनका पाँच दलमध्ये कांग्रेस बाहेकका कम्युनिष्ट दलले वाम गठबन्धन गर्ने गृहकार्य गरिरहेका बेला कोइरालाको यस्तो धारणा आएको हो । हामी नै सबै हौं भन्ने भ्रममा गठबन्धनकै दलहरु लागेको भन्दै नेता कोइरालाले कांग्रेस सबैभन्दा ठुलो पार्टी भएको नबिर्सन चेतावनी दिनुभयो ।

संघ र प्रदेशको निर्वाचनमा नेपाली कांग्रेसलाई कम क्षति हुने गरी कसरी तालमेलमा जाने भनेर विभिन्न राजनीतिक दलहरुसँग छलफल भइरहेको कोइरालाले बताउनुभयो ।

तालमेल गर्ने क्रममा ५ वर्ष नेपाली कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्ने ग्यारेन्टी हुनुपर्ने कोइरालाको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्