Main News

सञ्चार माध्यमलाई समय सुहाउँदो रुपमा परिमार्जिन गर्दै लैजानुपर्छ : प्रधानमन्त्री देउवा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन ११ गते १४:०८
सञ्चार माध्यमलाई समय सुहाउँदो रुपमा परिमार्जिन गर्दै लैजानुपर्छ : प्रधानमन्त्री देउवा (भिडियो रिपोर्टसहित)

११ साउन २०७९ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चार माध्यमलाई समय सुहाउँदो रुपमा परिमार्जिन गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

काठमाडौंमा राष्ट्रिय समाचार समितिको नवनिर्मित कार्यालय भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सञ्चार माध्यमलाई प्रविधि अनुकुल बनाउनुपर्ने बताउनुभयो ।

विश्वमा सूचना तथा प्रविधिको द्रुत गतिमा भइरहेको विकासलाई मध्यनजर गरेर सहज र आधुनिक माध्यमबाट नागरिकलाई सत्यतथ्य सूचना प्रकाशन गर्न सक्नुपर्ने प्रधानमन्त्री देउवाको भनाइ छ ।

प्रधानमन्त्री देउवाले समाचार सम्प्रेषण जस्तो संवेदनशील विषयमा सबैले जिम्मेवार भएर काम गर्न जरुरी रहेको भन्दै वर्तमान सरकार नागरिकको सूचनाको अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभयो ।

कार्यक्रममा सञ्‍चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वस्थ पत्रकारिताबाट मात्रै सुशासन र दिगो विकासको लक्ष्य हासिल गर्न सम्भव हुने बताउनुभयो ।

कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभागले निर्माण गरेको राससको भवन उद्घाटन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *