राजनीति
माओवादी अध्यक्ष प्रचण्ड साउन २१ गते जापान जाने
२०७९ साउन १० गते १६:२४
१० साउन २०७९ काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान जाँदै हुनुहुन्छ ।
नेकपा माओवादी केन्द्रनिकट नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा भाग लिन प्रचण्ड साउन २१ गते जापान जान लाग्नुभएको हो ।
भ्रमण दलमा प्रचण्डसहित चारजना हुने उहाँको सचिवालयले जनाएको छ । साउन २३ गते जनप्रगतिशील मञ्चको अन्तर्क्रियामा भाग लिनु हुनेछ ।
त्यसपछि जापानमा रहेका प्रवासी माओवादीको संगठनका सदस्यहरुसँग छलफल गर्ने तय भएको छ । प्रचण्ड यसअघि असार ३१ गते भारत जानुभएको थियो ।
प्रतिक्रिया