कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, ६३८ जना संक्रमित थपिए
१० साउन २०७९ काठमाडौं । पछिल्लो पटक नेपालमा थप ६ सय ३८ जनामा कोरोना १९ संक्रमण पुष्टि भएको छ । थप दुई जनाको मृत्यु भएको छ ।
पाँच हजार ५५ नमूना परीक्षण गर्दा ६ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । योसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५९ पुगेको छ ।
त्यस्तै, आज २ सय १८ जना संक्रमणमुक्त भएका छन् ।योसँगै देशभर सक्रिय संक्रमितको संख्या तीन हजार ७ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज काठमाडौं उपत्यकामा २ सय ३३ जना १९ संक्रमित थपिएका छन् ।
काठमाडौंमा १ सय ६५, भक्तपुरमा ६ र ललितपुरमा ६२ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या दुई हजार ५ सय ५ पुगेको छ । आज ५० जिल्लामा १९ संक्रमित देखिएका छन् ।
आज देशभर रहेका तीन हजार ७ सय १४ जना सक्रिय संक्रमितमध्ये तीन हजार ५ सय ८१ जना होम आइसोलेसनमा र एक सय ३३ जना संस्थागत आइसोलेसन छन् ।
अस्पतालमा रहेकामध्ये ३० जना आईसीयूमा र एक जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया