Main News

सीसीटीभी फुटेजको प्रतिवेदनबारे आज संसदीय समितिमा छलफल हुँदै

हिमालय टिभी
२०७९ साउन १० गते ९:०६
सीसीटीभी फुटेजको प्रतिवेदनबारे आज संसदीय समितिमा छलफल हुँदै

१० साउन २०७९ काठमाडौं । नेपाल प्रहरीले पेश गरेको सीसीटिभी फुटेजको प्रतिवेदनबारे आज संसदीय छानबिन विशेष समितिको बैठकमा छलफल हुँदैछ ।

अहिले बिहान ८ बजेबाट शुरु भएको बैठकमा नेपाल प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाले बुझाएको विवरणबारे छलफल शुरु भएको संसदको अर्थ समितिका सचिव सुरेन्द्र अर्यालले बताउनुभयो ।

समितिलाई प्राप्त भएको म्याद कम भएकाले पनि समयमै काम कसरी सक्ने भन्नेबारेमा पनि बैठकमा छलफल हुनेछ । प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटिभी फुटेजको बारेमा गरेको अध्ययन विवरण समितिलाई हिजो बुझाएको थियो ।

बजेट निर्माण प्रकरणमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेपछि अध्ययन गर्न गठित समितिले मन्त्रालयको डिलिट भएको भए पनि सीसीटीभी फुटेज भेटिन्छ कि भन्नेमा छानबिनका लागि प्रहरीको प्रयोगशालामा पठाएको थियो ।

१३ दिनसम्मको मात्रै भिडियो रहने क्षमता रहेको दाबी अर्थ मन्त्रालयले गरेको थियो । यस विषयमा समितिले पूर्वअर्थमन्त्री शर्माको बयान लिँदा आफु जानकार नरहेको भन्दै विज्ञसँग परामर्श गर्न भन्नुभएको थियो ।

मन्त्रालयको सीसीटीभी फुटेजबाट अनधिकृत व्यक्तिको प्रवेशको बारेमा निर्क्यौल नहुने भएपछि छानबिन समितिले सिंहदरबार प्रवेशद्वारकै फुटेज माग्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *