राजनीति

प्रधानमन्त्री देउवालाई ‘राष्ट्रघाती’ भन्दै युवाले देखाए प्लेकार्ड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन ९ गते १७:३२
प्रधानमन्त्री देउवालाई ‘राष्ट्रघाती’ भन्दै युवाले देखाए प्लेकार्ड (भिडियो रिपोर्टसहित)

९ साउन २०७९ काठमाडौं । नागरिकता विधेयकमा राष्ट्रघात गरेको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ । राजधानीमा आयोजित एक कार्यक्रममै प्रधानमन्त्री शेरबहादुर देउवामाथि एमसीसीको मतियार बनेको र नागरिकतामा देशमाथि घात गरेको भन्दै एक युवाले प्लेकार्डसहित विरोध जनाएका छन् ।

भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई एक युवाले प्लेकार्ड देखाएका छन । नागरिकता विधेयक र एमसीसीको विरोध गर्दै ती युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।

प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लाग्दा एक युवाले प्लेकार्डसहित नागरिकता विधेयक खारेज गर भन्दै नारा लगाए ।

निरन्तर नारा लगाउन थालेपछि ती युवालाई सुरक्षाकर्मीले हलबाट बाहिर निकाल्नुपर्‍यो । सरकारले संसदमा दुई वर्षदेखि छलफलका क्रममा रहेको विधेयक फिर्ता लिएर रातारात नयाँ विधेयक पेश गर्दै पारित गरेसँगै विरोधका आवाज बढीरहेका छन् ।

प्रमुख प्रतिपक्षी एमालेसहित सत्ता पक्षकै सांसदहरु पनि विधेयकको विरोधमा छन् । नागरिक समाजले पनि विधेयकको विरोध गरिरहेको छ ।

यस्तोमा प्रधानमन्त्री नै सहभागी कार्यक्रममा युवाले उठाएको कदमलाई सरकारको हतारो निर्णयको विरोध शैलीका रुपमा लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्