Main News

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, ५६८ जना संक्रमित थपिए

हिमालय टिभी
२०७९ साउन ९ गते १७:०६
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, ५६८ जना संक्रमित थपिए

९ साउन २०७९ काठमाडौं । कोरोना भाइरसको सङक्रमणले आज एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा आज एक जनाको निधन भएको जनाइएको छ ।

यस्तै आज चार हजार ८०० परीक्षणमध्ये आज ५६८ जनामा सङ्क्रमण देखिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ५३४ रहेको छ ।

त्यसैगरी विगत २४ घण्टामा ९५ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । काठमाडौँ जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित रहेको पाइएको मन्त्रालयले जनाएको छ ।

शून्य सङ्क्रमित भएका जिल्लामा मनाङ्, जाजरकोट, कालिकोट, मुगु, हुम्ला र बाजुरा छन् ।

अहिलेसम्म होम आइसोलेशनमा तीन हजार ४०७, संस्थागत आइसोलेशनमा १२७, सघन उपचार कक्ष (आईसीयू)मा २७ र भेन्टिलेटरमा दुईजनाको उपचार भइरहेको छ ।

यसैगरी विगत २४ घण्टामा ६३ हजार ३७२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

यो पनि पढनुहोस्