राजनीति
निर्वाचन प्रणालीले देशलाई भड्खालोमा पार्ने माओवादी अध्यक्ष प्रचण्डको जिकिर (भिडियो रिपोर्टसहित)
२०७९ साउन ९ गते १६:२१

९ साउन २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान निर्वाचन प्रणालीले मुलुकलाई भड्खालोमा हाल्ने टिप्पणी गर्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको स्मृति दिवसमा अध्यक्ष प्रचण्डले शासन प्रणाली पनि देश अनुकुल नभएको बताउनुभयो ।
भ्रष्टाचार संस्थागत हुने कारण निर्वाचन प्रणाली र शासन प्रणालीभित्र अन्तरनिहीत रहेको उहाँको जिकिर छ ।
अध्यक्ष प्रचण्डले पैसा खर्च र तिक्डम गर्न नसक्नेले चुनाव जित्नै गाह्रो रहेको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले पार्टीभित्र र कम्युनिष्ट आन्दोलनमा विचलन, विकृति, विसंगति देखा परेको पनि बताउनुभयो ।
प्रतिक्रिया