Main News

संसदीय छानबिन समितिको बैठक आज पनि बस्दै

हिमालय टिभी
२०७९ साउन ९ गते ७:५६
संसदीय छानबिन समितिको बैठक आज पनि बस्दै

९ साउन २०७९ काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक आज पनि बस्दैछ।

थपिएको ७ दिनको चौथो दिन आज बैठक बसेर अबको तीन दिनभित्र प्रतिवेदन तयार गर्नेबारे तालिका बनाउने समितिको तयारी छ ।

समितिको हिजो बसेको बैठकले अर्थमन्त्रालय परिसरको सीसीटीभी फुटेज उपलब्ध नभएको भन्दै सिंहदरबारकै दक्षिण र पूर्वी गेटको सीसीटीभी फुटेज हेर्ने निर्णय गरेको थियो।

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराई करको दर हेरफेर गराएको आरोप लागेपछि तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *