Main News
नागरिकता विधेयक आज राष्ट्रिय सभामा पेश हुँदै
२०७९ साउन ९ गते ७:४५
९ साउन २०७९ काठमाडौं । नागरिकता विधेयक आज राष्ट्रिय सभामा पेश हुँदैछ।
बिहान ११ बजे बस्ने बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधिन) विधेयक, २०७९ लाई सभा समक्ष टेबुल गर्ने सम्भावित कार्यसूची छ।
विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि राष्ट्रपति समक्ष पठाइनेछ । प्रमाणीकरण भएमा ऐनको रुपमा कार्यान्वयनमा आउनेछ।
त्यस्तै आजको बैठकमा राष्ट्रियसभाबाट पारित भइ सन्देशसहित प्रतिनिधि सभामा पठाइएका नेपाल इञ्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक २०७६ र ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७५ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभालाई गराइनेछ ।
प्रतिक्रिया