Main News

स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या समाधान गर्न माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन ८ गते १५:२३
स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या समाधान गर्न माग (भिडियो रिपोर्टसहित)

८ साउन २०७९ काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको छ ।

आज प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पन्तले स्वास्थ्य बीमा कार्यक्रमबापत सरकारले दिनुपर्ने भुक्तानी प्राप्त नगरेका कारण सरकारी अस्पतालहरुले उक्त कार्यक्रम स्थगित गरिरहेका बताउनुभयो ।

उहाँले बीमा कार्यक्रममा देखिएको यस प्रकारको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारको अलमलका कारण लोकप्रिय स्वास्थ्य बीमा कार्यक्रमको भविष्यमाथि प्रश्न उठेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘स्वास्थ्य बीमा कार्यक्रमबापत सरकारले दिनुपर्ने भुक्तानी प्राप्त नभएको भन्दै सरकारी अस्पतालहरुले नै उक्त कार्यक्रम स्थगित गरेको सार्वजनिक सूचनाहरु प्रकाशित भइरहेका छन् । यो अत्यन्त गम्भिर अवस्था हो । यो समस्याको तत्काल समाधान गर्नको लागि नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद पन्तले कोभिड–१९ को सम्भावित अर्को लहरबाट देशको अर्थतन्त्र र जनसमुदायलाई बचाउन सरकारले बेलैमा ध्यान पु¥याउनुपर्ने बताउनुभयो ।

उहाँले कोभिडविरुद्धको खोप अभियानलाई तीब्रता दिनुपर्नेमा जोड दिनुभयो । साथै विश्वमा मंकीपक्सको संक्रमण पनि बढिरहेकाले नेपाल यसतर्फ पनि सचेत हुनुपर्ने उहाँले बताउनु भयो । सांसद पन्तले कोभिडसँग जुध्न नेपालले गरेका प्रयास, उपलब्धी र आगामी चुनौतीहरु समेटेर श्वेतपत्र जारी गर्न सरकार समक्ष आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *