Main News
अबको केही दिन तापक्रम नबढ्ने, आज पनि वर्षाको सम्भावना
२०७९ साउन ८ गते ९:२१

८ साउन २०७९ काठमाडौं । अबको केही दिन थप तापक्रम नबढ्ने मौसमविद्ले बताएका छन् ।
केही दिनअघि देशका विभिन्न ठाउँको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियससम्म पुगेकोमा तत्काल तापक्रम नबढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले मनसुनी वायुको प्रभावले पर्सिसम्मै देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिनुभयो ।
वर्षा भएसँगै शीतल महशुस हुने पनि उहाँले बताउनुभयो । उहाँका अनुसार आज दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएपनि राति एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
पर्सिसम्मै देशभरको मौसम आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेकाले बाढी र पहिरोको जोखिम रहेको पनि मौसमविद् मानन्धनरले बताउनुभयो ।
प्रतिक्रिया