Main News
सशस्त्र प्रहरीका १६ जना अधिकृत बढुवाका लागि सिफारिस
२०७९ साउन ८ गते ९:१५
८ साउन २०७९ काठमाडौं । सशस्त्र प्रहरीका १६ जना अधिकृत वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
गृह मन्त्रालय बढुवा समितिको सचिवालयका अनुसार यही साउन ६ गतेको निर्णयबमोजिम उनीहरूलाई प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ को (ख) मबोजिम जेष्ठता क्रम कायम हुनेगरी बढुवा सिफारिस गरिएको हो ।
उक्त सिफारिस चित्त नबुझे सात दिनभित्र उजुरी दिन आग्रह गरिएको छ । बढुवाका लागि सिफारिस हुनेमा प्रवीण कँडेल, दिपेन्द्र कुँवर (ख), विष्णु प्रसाद भट्ट, दिगविजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमल प्रसाद तिउसिना, नीरकुष्ण अधिकारी, सुधिर जङ्ग थापा, किरण बस्नेत, माधवप्रसाद पौडेल, उद्धवबहादुर न्यौपाने, राजेन्द्र खड्का, नरेन्द्र सेन रहेका छन् ।
प्रतिक्रिया