राजनीति

बिर्सिए पुष्पलाल : उल्टो बाटोमा नेपालका कम्युनिस्टहरु (भिडियो रिपोर्टसहित)

२०७९ साउन ७ गते २१:३९
बिर्सिए पुष्पलाल : उल्टो बाटोमा नेपालका कम्युनिस्टहरु (भिडियो रिपोर्टसहित)

७ साउन २०७९ काठमाडौं । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७३ वर्ष पुगेको छ । संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले पार्टी नीति केन्द्रित हुनु पर्छ, व्यक्ति केन्द्रित होइन् भन्ने भनाइलाई आत्मसाथ गर्नु भएको थियो । तर आज संस्थापक महासचिव श्रेष्ठको स्मृति दिवस मनाइरँदा नेपालका कम्युनिष्टहरु व्यक्ति केन्द्रीत भइरहेका छन् ।

नेपालमा कम्युनिष्ट पार्टीको स्थापना २००६ साल वैशाख १० गते भएको हो । संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले पार्टी स्थापना गर्दा घोषणापत्रमा सामन्ती एकतन्त्रीय शासनको अन्त्य गर्ने, वैदेशिक शोषण र दमन समाप्त पारी राष्ट्रियता, स्वाधीनता हासिल गर्ने, वालिग मताधिकार कायम गर्ने, संविधानको आधारमा जनताका लागि पूर्ण स्वतन्त्रता तथा प्रजातन्त्र सुरक्षण गर्ने, मजदूर, किसान, श्रमजीवी जनताको हितलाई प्राथमिकता दिने उल्लेख थियो । तर अहिले नेपालका कम्युनिस्ट पार्टीहरु पुष्पलालले देखाएको बाटो र सिद्धान्त भन्दा ठीक विपरित व्यवहार गरिरहेका छन् ।

अहिलेका कम्युनिस्टहरु श्रेष्ठको भनाइ भन्दा ठीकविपरीत चलिरहेका छन् । अहिले मुख्य शक्तिका रुपमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै व्यक्तिवादमा लिप्त छन् । पार्टीको आन्तरिक निर्वाचनमा होस् या सरकार निर्माणमा नै किन न होस् उनीहरु आफन्तवाद, नातावादमा लागेकै छन् । यतिगर्दा गर्दै पनि निसंकोच उनीहरु आफूलाई पुष्पलालको उत्तराधिकारी घोषणा गरिरहेका छन् ।

पुष्पलालले कम्युनिस्ट घोषणापत्रको नेपालीमा अनुवाद गर्नुभएको थियो । जुन अहिलेका कम्युनिस्टहरुले सैद्धान्तिक रुपमा अनुसरण गर्दै आएका छन् । तर व्यवहारमा कार्यान्वयन गरेका छैनन् । दलको कथनी र करणीको खाडल गहिरिँदै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्