राजनीति

संघीयता खारेजी र हिन्दूराज्यको मागसहित सडक संघर्ष चर्काउने राप्रपाको निर्णय (भिडियो रिपोर्टसहित)

२०७९ साउन ७ गते २१:३४
संघीयता खारेजी र हिन्दूराज्यको मागसहित सडक संघर्ष चर्काउने राप्रपाको निर्णय (भिडियो रिपोर्टसहित)

७ साउन २०७९ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संघीयता खारेजी, संवैधानिक राजसंस्था पुनः स्थापना र हिन्दूराज्यको मागलाई पुन चर्काउने निर्णय गरेको छ । राप्रपा केन्द्रीय समिति बैठकले सके दुई तिहाइ बहुमत ल्याएर नसके आन्दोलनको माध्यमबाट आफूले उठाएका मुद्दाहरु स्थापित गर्ने योजना अघि सारेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीलाई राजसंस्था र हिन्दूराज्यको पक्षधर पार्टीको रुपमा चिनिन्छ । तर पछिल्लो समय राप्रपाले यी दुवै मुद्दालाई प्राथमिकतामा राख्न छाडेको थियो । कमल थापा नेतृत्वमा रहँदासम्म राप्रपालाई सत्ताबाहिर रहँदा हिन्दूराष्ट्र र राजसंस्था पुनः स्थापनाको माग उठाउने तर सत्तामा पुगेपछि बिर्सने गरेको आरोप लाग्दै आएको थियो । व्यवहारमा पनि त्यस्तै देखिन्थ्यो ।

अहिले राप्रपाले आफूले छाडेका मुद्दालाई नै पुनः अघि सार्न थालेको छ । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन आइसकेपछि फेरि संघीयता खारेजी, हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापनाको मुद्दालाई प्राथमिकताका साथ उठाउन थाल्नु भएको छ । काठमाडौंमा सम्पन्न पार्टीको केन्द्रीय कार्य समिति बैठकले निर्णय गरेरै तीन मुद्दालाई अघि सारेर जनताको बीचमा जाने निर्णय गरेको हो । लिङ्देनले राजनीतिक स्टन्टबाजीका लागि नभएर आफूले नेपालको आवश्यकता अनुसार गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता खारेजीको मुद्दा उठाएको दाबी गर्नु भयो ।

अहिलेको व्यवस्था अनुसार सरकार र निर्वाचनमा पनि सहभागी हुने अनि संविधान विरोधी गतिविधि गर्ने भन्दै राप्रपामाथि नैतिक प्रश्न पनि उठ्ने गरेको छ । प्रश्नको जवाफ दिँदै राप्रपा अध्यक्ष लिङ्देनले अहिलेको व्यवस्थालाई उपयोग गर्दै प्रतिनिधि सभा र प्रदेशसभाको आगामी निर्वाचनमा पनि भाग लिने र आफ्नो शक्ति बढाएर ठूला दललाई मनाएरै आफूले अघि सारेको मुद्दालाई स्थापित गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

देशमा अहिले पनि राजसंस्था र हिन्दूराज्यको पक्षमा र संघीयता खारेजी हुनुपर्छ भन्ने जनमत ठूलो रहेको राप्रपाको बुझाइ छ । आफूले अघि सारेका मुद्दाहरु जनचाहना अनुसारका भएका कारण आगामी निर्वाचनमा यी मुद्दालाई चर्काउन सकियो भने आफ्नो हैसियत थप बलियो हुन सक्छ भन्ने राप्रपालई लागेको छ ।

प्रतिक्रिया

One thought on “संघीयता खारेजी र हिन्दूराज्यको मागसहित सडक संघर्ष चर्काउने राप्रपाको निर्णय (भिडियो रिपोर्टसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्