Main News

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

२०७९ साउन ७ गते ९:२४
पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

७ साउन २०७९ मुग्लिन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा आज बिहान ८ः१० बजेको समयमा माथिबाट पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको हो ।

अहिले पहिरो पञ्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.