Main News

प्रधानसेनापति शर्मा आज अष्ट्रेलिया जाँदै

हिमालय टिभी
२०७९ साउन ७ गते ९:१२
प्रधानसेनापति शर्मा आज अष्ट्रेलिया जाँदै

७ साउन २०७९ काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा आज अस्ट्रेलिया जाँदै हुनुहुन्छ ।

अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने रक्षा प्रमुखहरूको वार्षिक सम्मेलनमा सहभागी हुन उहाँ त्यसतर्फ जान लागेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

अस्ट्रेलियाको रक्षा बलको संयोजकत्वमा अमेरिकी सेनाको इन्डोप्यासिफिक कमाण्डले आयोजना गर्न लागेको रक्षा प्रमुखहरूको वार्षिक सम्मेलन यही साउन ९ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने छ ।

सम्मेलनमा सहभागिताका लागि मन्त्रिपरिषद्को असार ३१ गतेको बैठकले प्रधान सेनापतिको भ्रमण स्वीकृत गरेको थियो ।

सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका राष्ट्रका सेना प्रमुखहरूले वर्तमान अन्तर्राष्ट्रिय सुरक्षा र सहयोगका बारेमा छलफल गर्ने नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *