Main News

४४औं पुष्पलाल स्मृति दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै

हिमालय टिभी
२०७९ साउन ७ गते ७:३८
४४औं पुष्पलाल स्मृति दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै

७ साउन २०७९ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवस आज विविध कार्यक्रमसहित मनाइँदैछ ।

पुष्पलालको स्मरणमा आज नेपालका कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम आयोजना गरी उहाँको योगदानको चर्चा गर्दैछन् । विक्रम संवत् १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछाप जिल्लाको भँगेरीमा पुष्पलालको जन्म भएको थियो ।

उहाँ नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित हुनुहुन्छ । उहाँले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडाइँ लड्नु भयो। दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि मध्यमवर्गीय परिवारका पुष्पलालमा राणा विरोधी चेतना जागेको थियो।

नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका अधिकार स्थापित गर्ने लक्ष्यसाथ पुष्पलालले २००६ साल वैशाख १० गते कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो ।

पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टी अहिले छिन्नभिन्न भएका छन् । सत्ता केन्द्रित राजनीतिक दाउपेचका कारण नेपालमा कम्युनिष्ट पार्टी छिन्नभिन्न भएका हुन् ।

नेपालमा साम्यवादी विचार प्रचार गर्नका लागि पहिलो पटक कम्युनिस्ट पार्टीको घोषणापत्र नेपालीमा अनुवाद गरेका पुष्पलालको विसं २०३५ साउन ७ गते भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *