Main News

ट्रोलले गाँजेको नेपाली समाज (भिडियो रिपोर्टसहित)

२०७९ साउन ६ गते २०:५६
ट्रोलले गाँजेको नेपाली समाज (भिडियो रिपोर्टसहित)

६ साउन २०७९ काठमाडौं । सामाजिक सञ्जालमा ट्रोल बनाएर आफ्ना दर्शक संख्या बढाउने र डलर कमाउने प्रवृत्ति बढेको छ ।

आर्थिक मुनाफा मात्र हेरेर ट्रोल बनाउँदा व्यक्तिको मानसिकता र सामाजिक अवस्थामा नराम्रो असर पर्ने देखिन्छ । तर, दीर्घकालीन असरको बेवास्ता गर्दै नाफाका लागि नै ट्रोल बनाउने क्रम भने दिनानुदिन बढ्दो छ ।

यो सांसद नविना लामाले प्रतिनिधि सभा बैठकमा साउन ४ गते दिनु भएको अभिव्यक्ति हो । शुद्ध उच्चारण नगरेका कारण नै लामा ट्रोलको विषय बन्नुभयो ।

सबैतिर ट्रोल बनेसँगै लामाले आफूले शुद्ध उच्चारण गर्न नसकेको विषयमा आफ्नो गल्ती स्वीकार गर्नुभयो । तर, यसरी मुटु रोगीको उपचारका विषयमा गम्भीर नबनेको सरकारलाई गम्भीर बनाउने प्रयास गर्दा विषयलाई सस्तो बनाउनेगरी गरिएको ट्रोलले आफ्नो मनोबल कमजोर बनाएको लामाले बताउनुभयो ।

त्यसैगरी, केही दिन अघि प्रदीप ज्ञवालीले सरकारले नियन्त्रण गर्न नसकेको महंगीलाई इंगित गर्दै सांसद भएको हिसावले पनि छाकमा एउटा मात्र तरकारी खाने अवस्था आएको छ भन्ने विषय पनि ट्रोल बन्यो ।

विभिन्न स्थानमा खाना खाएको फोटोका साथ आफ्नो अभिव्यक्ति प्रयोग गरेर ट्रोल बनाएको भन्दै ज्ञवालीले संसदमै दुःख व्यक्त गर्नुभयो । उहाँले ट्रोल बनाएर नै नागरिकको भान्सा सस्तो हुन्छ भने आफू ट्रोल बन्न तयार रहेकोसमेत बताउनुभयो ।

यो त पछिल्लो समय ट्रोल बनेका विषय हुन् । एमाले सांसद कुमारी मेचे, नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महत, जसपाका राजेन्द्र महत्तोलगायत नेताहरु पनि समयसमयमा ट्रोलको शिकार बन्नुभएको छ । त्यति मात्र हैन कुनै निश्चित व्यक्तिलाई सिध्याउने र कुनै निश्चित समूहलाई फाइदा हुने खालका धेरै ट्रोल बन्ने गरेका छन् ।

कतिपय व्यक्ति वा समूहले सामान्य हँसीमजाक मनोरञ्जनका लागि, कतिपयले दर्शकको संख्या बढाएर आर्थिक उपार्जनका लागि र कतिपयले निश्चित उद्देश्य राखेर कसैलाई खेद्न वा अस्तित्वमा आँच पुर्‍याउनका लागि ट्रोल बनाइने गरेको छ । यसले दुर्घटना गराउने र सामाजिक अवस्था बिगार्न सक्ने भएकाले नियन्त्रण आवश्यक रहेको समाजशास्त्री बताउँछन् ।

कतिपय सामाजिक सञ्जाल सामग्री निर्माताले ट्रोललाई आफ्नो पेशा बनाएका छन् भने कतिपयले जानीनजानी कसैलाई गिराउन सामग्री बनाएर प्रचार गर्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *