Main News

मोरङमा भारतीय ट्रेलरले ठक्कर दिँदा दुई जनाको मृत्यु

हिमालय टिभी
२०७९ साउन ६ गते ९:१९
मोरङमा भारतीय ट्रेलरले ठक्कर दिँदा दुई जनाको मृत्यु

६ साउन २०७९ विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ गंगाचेकमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

भारतीय नम्बर प्लेटको ट्रेलरको ठक्करबाट आज बिहान ६ बजे मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका – ७ का २७ वर्षीय हर्क परियार र २१ वर्षीय भीमबहादुर राई रहेको मोरङ ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिनुभयो ।

विराटनगरबाट इटहरीतर्फ गइरहेको भारतीय नम्बर प्लेटको एफ आर ३८ एफ २२१० नम्बरको ट्रेलरले सोही दिशातर्फ गइरहेको को ३० प ९१०३ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक परियार र सवार राई घाइते भई उपचारको क्रममा विराट मेडिकल कलेजमा दुवै जानको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले भारतीय नम्बर प्लेटको सवारी र चालक दुवैलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *