Main News

नदी नाला तथा खहरे खोलाहरूमा पानीको बहाव बढ्न सक्ने, सतर्कता अपनाउन सुझाव

हिमालय टिभी
२०७९ साउन ५ गते ९:१८
नदी नाला तथा खहरे खोलाहरूमा पानीको बहाव बढ्न सक्ने, सतर्कता अपनाउन सुझाव

५ साउन २०७९ काठमाडौं । पहाडी भू–भागका नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्दा दैनिक जनजीवन, यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

हाल देशका प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आगामी २४ घण्टाभित्र देशको पहाडी भू–भागका धेरै स्थानमा र अन्य भू–भागका केही स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा र सुदूरपश्चिम र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *