Main News

छानबिन समितिको म्याद थप्ने तयारी

हिमालय टिभी
२०७९ साउन ५ गते ७:३६
छानबिन समितिको म्याद थप्ने तयारी

५ साउन २०७९ काठमाडौं । बजेटमा करको दर हेरफेरमा अनधिकृत व्यक्ति संलग्नताबारे छानविन गर्न गठित संसदीय छानबिन विशेष समितिको म्याद थप्ने तयारी भएको छ ।

समयसीमाभित्र काम नसक्ने भएपछि सात दिनको म्याद थप्ने तयारी भएको छ । यसका लागि समितिले सभामुखलाई आग्रह गर्ने जनाएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समितिलाई छानबिनका लागि दिएको १० दिनको समय भोलि सकिँदैछ । तर काम सकिएको छैन ।

समितिले आज बिहान ८ बजेपछि तत्कालिन अर्थमन्त्री जनार्दन शर्मासँग पनि सोधपुछ गर्दैछ । यसअघि हिजो सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत दुई पत्रकार सुरेन्द्र काफ्ले र ममता थापासँग सोधपुछ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *