Main News

सावधान ! कोरोना कहर फेरि फर्कँदैछ, सचेत बनौँ (भिडियो रिपोर्टसहित)

२०७९ साउन ४ गते २१:४०
सावधान ! कोरोना कहर फेरि फर्कँदैछ, सचेत बनौँ (भिडियो रिपोर्टसहित)

४ साउन २०७९ काठमाडौं । विगतमा कोरोना कहरका कारण हामीले निक्कै समस्या भोग्यौ । समस्या मात्रै भोगेनौ‌, कोरोनाकै कारण आफन्त र प्रियजन गुमाउनु पर्दाको पीडाबाट गुज्रिएका छौं । अब फेरि संक्रमण दर बढिरहेको छ । हामी सामान्य रुपमा जीवनयापन गरिरहेका छौं । अब भने फेरि हाम्रो दैनिकीलाई परिवर्तन गर्दै सावधान हुने समय आएको छ ।

असार २५ गतेदेखि साउन ४ गतेसम्मको तथ्याङ्क हेर्दा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

असार २५ गते १ सय २
असार २६ गते १ सय २१
असार २७ गते १ सय ६८
असार २८ गते १ सय ७७
असार २९ गते २ सय ६
असार ३१ गते २ सय २९
असार ३२ गते २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

साउन १ गते १ सय ३५ जना नयाँ कोरोना संक्रमित भेटिए । केही महिनादेखि कोरोनाका कारण हुने मृत्यु शून्य रहेको भए पनि साउन १ गते एक जना संक्रमितको मृत्यु भयो ।

साउन २ गते ४ सय ५७ जना नयाँ कोरोना संक्रमित थपिए । एक जनाको मृत्यु भयो । साउन ३ गते ३ सय ५७ र साउन ४ गते ३ सय ९१ जना नयाँ संक्रमित भेटिए । पछिल्लो १० दिनको यो तथ्याङ्कले कोरोना संक्रमणलाई ख्यालख्याल नठान्न चेतावनी दिएको छ ।

२१ जना कोरोना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । कोरोना संक्रमण बढिरहेकाले भयावह अवस्था आउन नदिन स्वास्थ्य सावधानी अपनाउन चिकित्सकको सुझाव छ ।

अहिलेसम्म कुल जनसंख्याको ८७ दशमलव ८ प्रतिशतले कोरोना विरुद्धको खोप पूर्ण मात्रा लगाएका छन् । खोप लगाएर रोगप्रतिरोधात्मक क्षमता वृद्धि हुने भए पनि, दीर्घरोगी, बालबालिका, जेष्ठ नागरिक उच्च जोखिममा रहने भएकाले सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *