Main News
प्रमुख निर्वाचन आयुक्तको प्रश्नैप्रश्न–बालमैत्री निर्वाचन केन्द्र भनेको के हो ? (भिडियो रिपोर्टसहित)
२०७९ साउन ४ गते १७:१४
![प्रमुख निर्वाचन आयुक्तको प्रश्नैप्रश्न–बालमैत्री निर्वाचन केन्द्र भनेको के हो ? (भिडियो रिपोर्टसहित)](https://www.himalayatv.com/wp-content/uploads/2022/07/dinesh-thapaliya.jpg)
४ साउन २०७९ काठमाडौं । प्रमख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन पर्यवेक्षण गरेका संस्थाहरुले बुझाएको प्रतिवेदनको भाषामा आपत्ति जनाउनुभएको छ ।
काठमाडौंमा आयोजित विभिन्न पर्यवेक्षण संस्थाहरुले बुझाएको स्थानीय तह निर्वाचनको प्रतिवेदनको समीक्षा गर्दै प्रमुख आयुक्त थपलियाले कतिपय प्रतिवेदनमा शब्दकोष नै लज्जित हुने गरेर भाषाको प्रयोग भएको भन्दै आपत्ति जनाउनु भयो ।
कतिपय संस्थाले बालबालिकामैत्री निर्वाचन केन्द्रको समेत उल्लेख गरेको भन्दै उहाँले यसमा पर्यवेक्षण गर्ने संस्थाले क्षमा याचना गर्नुपर्ने बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिवेदनमा जनशक्ति व्यवस्थापनको विषय नआएको समेत बताउनुभयो ।
उहाँले निर्वाचनमा स्थानीय कर्मचारी खटाउँदा ३० करोड रुपैयाँ वचत भएको दाबी गर्नुभयो ।
प्रतिक्रिया