संसदमा सांसदले किन खोजे एम अधिकारी ? (भिडियो रिपोर्टसहित)
४ साउन २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले प्रतिपक्ष दल नेकपा एमालेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारीको खोजी हुनुपर्ने बताउनु भएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा सांसद महतले एमाले आफ्नो महत्वपूर्ण विभागको मान्छे हराएको खोज्न छोडेर सीसी क्यामेरा खोज्दै हिडेको टिप्पणी गर्नुभयो ।
उहाँले एम अधिकारीको खोजी सरकार र प्रतिपक्षले नगरेकाले अधिकारी थर हुनेहरुले नै खोजी थाल्नुपर्ने बताउनुभयो ।
बैठकमा माओवादी केन्द्रकी सांसद दिल कुमारीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्नुभयो । उहाँले प्रश्न उठेपछि गभर्नरले पदबाट राजीनामा दिएर एमालेको संगठन बलियो बनाउने काममा लाग्नु पर्ने बताउनुभयो ।
एमालेको अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै भएको भन्दै आलोचना भइरहेको छ । सत्तारुढ दलका विद्यार्थी संगठनले गभर्नर अधिकारीको राजीनामा मागेर आन्दोलन गरिरहेका छन ।
प्रतिक्रिया