Main News

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

हिमालय टिभी
२०७९ साउन ४ गते ८:५५
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

४ साउन २०७८ काठमाडौं । आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मनसुनी वायु सक्रिय हुँदा विशेषगरी सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशको पहाडी भूभागका धेरै स्थानमा र अन्य भूभागका केही स्थानमा भने मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका प्रदेशका थोरै स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै भोलि सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *