Main News

थप ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि

२०७९ साउन ३ गते १७:३०
थप ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि

३ साउन २०७९ काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ३५७ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ८५७ जनाको पिसिआर तथा एक हजार पाँच सय जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा ६२ जना कोरोना भाइरसबाट मुक्त भएका छन् ।

योसँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६८ हजार १२६ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३६ हजार ३४८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९८२ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५४ पुगेको छ । हाल होम आइसोलेशनमा एक हजार ८६५, संस्थागत आइसोलेसनमा ११७ र आइसियूमा १९ सङ्क्रमित छन् ।

हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ मात्र रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, जाजरकोट, कालिकोट, मुगु, बाजुरा र डढेलधुरा छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार १०९, ललितपुरमा १६० र भक्तपुरमा ४२ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *