Main News

न्यायाधीशलाई घुस प्रस्ताव गर्ने अधिवक्ता पोखरेलसँग स्पष्टीकरण माग

हिमालय टिभी
२०७९ साउन ३ गते १५:०८
न्यायाधीशलाई घुस प्रस्ताव गर्ने अधिवक्ता पोखरेलसँग स्पष्टीकरण माग

३ साउन २०७९ काठमाडौं । नेपाल कानून व्यवसायी परिषदले जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रस्ताव गरेका अधिवक्ता रुद्रप्रसाद पोखरेलसँग स्पष्टीकरण मागेको छ ।

परिषदले आज सार्वजनिक सूचना जारी गरी ७ दिनभित्र स्पष्टीकरण दिन भनेको हो । स्पष्टीकरणका लागि जारी भएको म्याद बुझ्न नमानेको र आफ्नो कार्यालय बन्द गरेर सम्पर्कविहीन भएको भन्दै परिषदले सार्वजनिक सूचनामार्फत पोखरेललाई ७ दिनभित्र स्पष्टीकरण दिन भनेको छ ।

पोखरेलले न्यायाधीश कोइरालालाई घुस लिने प्रस्ताव गरेको अडियो सार्वजनिक भएपछि परिषदले छानबिन गरिरहेको छ । सार्वजनिक सूचना निकाल्नुअघि परिषदले पोखरेलको घर, कार्यालय र झापास्थित पुरानो स्थायी ठेगानामा समेत म्यादको पत्र पठाएको थियो ।

केही ठाउँबाट पत्र फिर्ता आएको परिषदका एक सदस्यले बताए । त्यसपछि परिषदको अनुशासन समितिमा भएको छलफल अनुसार सूचना निकालेको हो ।

सिभिल सहकारीका तत्कालीन अध्यक्ष इच्छाराज तामाङ विरुद्ध काठमाडौं जिल्ला अदालतमा चलिरहेको मुद्दामा आरोपित तामाङलाई धरौटीमा छाड्न अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई घुसको प्रस्ताव गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *