Main News

आज देशभर मौसम बदली भई वर्षा हुने

हिमालय टिभी
२०७९ साउन ३ गते ९:२१
आज देशभर मौसम बदली भई वर्षा हुने

३ साउन २०७९ काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम बदली भई वर्षा हुने बताएको छ ।

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । आज बिहानदेखि प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने भन्दै देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने पनि महाशाखाले जनाएको छ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

महाशाखाले देशका धेरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित वर्षाको सम्भावना रहेको हुँदा सम्भावित जोखिमबाट जोगिन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *