छानबिन विशेष समितिले सीसीटीभी फुटेजका विषयमा आज प्राविधिक तथा विज्ञसँग छलफल गर्दै

३ साउन २०७९ काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले सीसीटीभी फुटेजका विषयमा आज प्राविधिक तथा विज्ञसँग छलफल गर्ने भएको छ।
समितिले आजदेखि सीसीटीभीसँग सम्बन्धित अन्य विज्ञसँग छलफल गरिने बताएको छ । त्यसपछि मात्रै समितिले पूर्वअर्थमन्त्री शर्मासँग सोधपुछ गर्ने भएको छ ।
अर्थसचिव मधु मरासिनी र राजस्व सचिव कृष्णहरि पुष्करसँग सोधपुछ गरेपछि समिति सीसीटीभी फुटेजमा केन्द्रीत भएको हो । हिजोको समितिको बैठकमा अर्थ मन्त्रालयका आईटी विज्ञसँग सोधपुछ गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले बताउनुभयो ।
बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन गर्न गठित समितिले गत मङ्गलवारदेखि काम शुरु गरेको थियो । समितिले पहिलो चरणमा बजेट निर्माणताकाको सीसीटीभी फुटेज मगाएको थियो ।
जेठमा बजेट निर्माण भएको कुरालाई केन्द्रमा राखेर सीसीटीभी फुटेज मगाए पनि असारको रेकर्ड भएको हार्डडिस्क उपलब्ध गराइएको छ ।
प्रतिक्रिया