Main News

सीमा नाकामा व्यापारिक पूर्वाधार विकास गर्ने नेपाल र चीनबीच सहमति

हिमालय टिभी
२०७९ साउन ३ गते ७:२६
सीमा नाकामा व्यापारिक पूर्वाधार विकास गर्ने नेपाल र चीनबीच सहमति

३ साउन २०७९ काठमाडौं । नेपाल र चीनबीच सीमा नाकामा व्यापारिक पूर्वाधार विकास गर्ने सहमति भएको छ।

नेपाल–तिब्वत व्यापार सहजीकरण समितिको दशौं बैठकमा कोरोला,किमाथान्का र ओलाङचुङगोलालगायतका सीमा नाकामा पूर्वाधार विकास गर्ने सहमति भएको हो।

नेपाल र चीनका अधिकारीबीच हिजो भर्चुअल बैठकमा चीनको सहयोगमा रसुवाको टिमुरेमा निर्माण भइरहेको सुक्खा बन्दरगाह यथाशीघ्र सम्पन्न गर्ने सहमति भएको छ ।

बैठकमा नेपाल–चीनबीच निर्वाध रूपमा दुईतर्फी व्यापार सञ्चालन गर्न उपयुक्त विधि अवलम्वन गर्ने, भन्सार नाकाहरुमा कोभिडविरूद्धको स्वास्थ्य प्रोटोकल कडाइका साथ पालना गर्ने र कृषि, पशु र वनस्पतिजन्य उत्पादन चीनतर्फ निकासी गर्नका लागि आवश्यक प्रक्रियागत विषय र प्राविधिक क्षमता अभिवृद्धि गर्न दुवै देशले सहकार्य र समन्वय गर्ने समेत सहमति भएको वाणिज्य मन्त्रालयले जनाएको छ।

गत साता नेपाल र चीनबीच रसुवागढी केरुङ नाकालाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएको थियो। चीनले संक्रमण फैलिन नदिन सीमा नाकामा कडाइ गरेपछि चीनबाट सामान ल्याउन कठिनाइ भएको थियो।

त्यसैगरी बैठकमा नेपाल र चीनबीचको हिल्सा पुराङ् नाका पुनः सञ्चालन गर्ने सहमति भएको छ । कोरोना महामारीपछि उक्त नाका बन्द छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *