राजनीति

नेपालका केही कम्पनीले ठुलो रकम विदेश पठाउन लागेको विप्लवको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन २ गते १९:०८
नेपालका केही कम्पनीले ठुलो रकम विदेश पठाउन लागेको विप्लवको दाबी (भिडियो रिपोर्टसहित)

२ साउन २०७९ काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालका केही कम्पनीले ठूलो रकम विदेशमा पठाउन लागेको बताउनु भएको छ ।

विप्लवले नेपालको अर्थतन्त्र संकटमा रहेकाले विदेशमा रहेका नेपालीलाई रेमिट्यान्स पठाउ भन्दै गर्दा केही कम्पनीले अर्बौँ रुपैयाँ विदेश लैजान लागेको आरोप लगाउनु भएको हो ।

सोमबार काठमाडौंमा एक अनलाइन सञ्चारमाध्यमको उद्घाटन गर्दै विप्लवले पछिल्लो राजनीतिक प्रणालीको समेत विरोध गर्नुभयो । उहाँले हालको प्रणाली गरिबहरुको नभई विदेशी दलालहरुको रहेको जिकिर गर्नुभयो ।

विप्लवले अमेरिकी सहयोग परियोजना एमसीसी नेपालमा सहयोग गर्न आएको नभई यहाँका नागरिको गरिबीमाथि खेलवाड गरेर साम्राज्य विस्तारको योजनाअनुसार भित्रिएको दाबी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्