Main News

तिलोत्तमा नगरसभा बैठकको घटनाबारे गृहमन्त्रीको जवाफ माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन २ गते १८:५८
तिलोत्तमा नगरसभा बैठकको घटनाबारे गृहमन्त्रीको जवाफ माग (भिडियो रिपोर्टसहित)

२ साउन २०७९ काठमाडौं । नेकपा एमालेका सांसद खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा बैठकमा भएको घटनाबारे गृहमन्त्रीको जवाफ माग गर्नुभएको छ ।

राष्ट्रिय सभा बैठकको विशेष समयमा सांसद भट्टराईले तिलोत्तमा नगरपालिकाको नगरसभामा नेपाल प्रहरी प्रवेश गरी जनप्रतिनिधिलाई धेकेलेर पोखरीमा चोबलेको भन्दै आपत्ति जनाउनुभयो ।

उहाँले प्रहरीको शासन चलाउन खोजेको हो भनेर गृहमन्त्रीलाई प्रश्न समेत गर्नुभयो । उहाँले गृहमन्त्रीले आफ्नो भाइ मेयर भएको नगरपालिकामा प्रहरी लगाएर ज्यादत्ति गराएको आरोप लगाउनुभयो ।

सांसद भट्टराईले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापतिको राजीनामा माग गर्नुभयो । लोकतन्त्रको मूल्य, मान्यता र संसदीय परम्पराअनुरुप सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्ष दललाई दिनुपर्ने उहाँको भनाइ छ ।

सांसद भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा गठबन्धन जोगाउन पदको बाँडफाँड गरेको सन्देश बाहिर आएकाले यसबारे प्रष्ट पार्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *