राजनीति

शक्ति राष्ट्रहरु नेपाललाई खेल मैदान बनाउन लागे : सांसद देव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन २ गते १८:४२
शक्ति राष्ट्रहरु नेपाललाई खेल मैदान बनाउन लागे : सांसद देव (भिडियो रिपोर्टसहित)

२ साउन २०७९ काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन लागेको बताउनुभएको छ ।

राष्ट्रिय सभा बैठकको विशेष समयमा सांसद देवले एमसीसी र एसपीपी सम्झौताको सम्बन्धमा अमेरिका र चीनले आफू अनुकुल बोलेको भन्दै शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन लागेको बताउनुभयो ।

उहाँले नेपालको कुनै पनि विषयमा अन्य राष्ट्र बोलेमा आन्तरिक मामिलामा हस्तक्षेप हुन्छ भनेर सरकारले र राजनीतिक दलहरुले भन्न सक्नुपर्ने बताउनुभयो ।

सांसद देवले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमण र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणले दुई देशका पार्टी–पार्टी बीचको सम्बन्ध राम्रो बनाएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्