Main News
नागरिकता विधेयकबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
२०७९ साउन २ गते १३:२०

२ साउन २०७९ काठमाडौं । नागरिक विधेयकलगायतका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा आज साँझ ६ बजे बस्ने बैठकमा नागरिकता विधेयक लगायतका विषयमा छलफल हुने बताइएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्केलगत्तै गठबन्धनको बैठक बस्न लागेको हो ।
आज बिहान गृहमन्त्री बालकृष्ण खाण र कानूनमन्त्री गोविन्द कोइरालाले अध्यक्ष प्रचण्डसँग उहाँकै निवास खुमलटारमा भेट गर्नुभएको थियो ।
उहाँहरुले संसदमा पेश भएको नागरिकता विधेयकका विषयमा जानकारी दिनुभयो ।
प्रतिक्रिया