Main News

सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, देशभर मौसम बदली रहने

हिमालय टिभी
२०७९ साउन २ गते ९:३४
सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, देशभर मौसम बदली रहने

२ साउन २०७९ काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रायः भू–भागमा आंशिकदेखि सामान्य बदली रहने बताएको छ । आज बिहानैदेखि प्रदेश १, बागमती, गणडकी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशको पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । देशको पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको अनुमान छ ।

महाशाखाले आज दिनभर र राति पनि मौसम बदली भई वर्षाको सम्भावना रहेको हुँदा पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन÷यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउनु पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *