Main News

आज राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

हिमालय टिभी
२०७९ साउन २ गते ८:००
आज राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

२ साउन २०७९ काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुनेछ ।

त्यसपछि विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायण दत्त मिश्रले ‘शपथसम्बन्धी विधेयक, २०७८’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, खानेपानीमन्त्री उमाकान्त चौधरीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उहाँले नै ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *