Main News

पायक पर्ने स्थानमै स्वास्थ्य सेवा उपलब्ध गराउन ध्यानाकर्षण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन १ गते १८:१८
पायक पर्ने स्थानमै स्वास्थ्य सेवा उपलब्ध गराउन ध्यानाकर्षण (भिडियो रिपोर्टसहित)

१ साउन २०७९ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई पायक पर्ने स्थानमै स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित सबै पक्षले ध्यान दिनुपर्ने बताउनु भएको छ ।

काठमाडौंमा आयोजित चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण जयन्ती समारोहमा राष्ट्रपति भण्डारीले रोगहरुको उपचार गर्न ठूला शहर, राजधानी र विदेश धाउनुपर्ने परिस्थितिको अन्त्य गरी जनतालाई सहज हुने स्थानमा स्वास्थ्य सेवाको आवश्यक व्यवस्था मिलाउनसम्बन्धित सबै पक्ष लाग्नुपर्ने बताउनुभयो ।

उहाँले मेडिकल शिक्षा र स्वास्थ्य सेवालाई जनताको आकांक्षाअनुसार व्यवस्था गर्न स्वदेशमा मेडिकल शिक्षाको प्रवर्द्धन गर्न आवश्यक रहेको पनि बताउनुभयो ।

उहाँले नेपालको संविधानले स्वास्थ्य सेवामा सबैको पहुँच पुर्‍याउने कुरालाई मौलिक हकको रुपमै व्यवस्था गरेकाले त्यहीअनुसार तयारी गर्न ढिलाई गर्न नहुने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले विशिष्टिकृत स्वास्थ्य सेवाका लागि चिकित्सा शिक्षा अध्ययन संस्थानको प्रयास, तयारी र योजनाको प्रशंशा गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *