Main News

उपसभामुख भुसालद्वारा शपथ तथा पदभार ग्रहण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन १ गते १८:११
उपसभामुख भुसालद्वारा शपथ तथा पदभार ग्रहण (भिडियो रिपोर्टसहित)

१ साउन २०७९ काठमाडौं । नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले शथप तथा पदभार ग्रहण गर्नुभएको छ ।

आज राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेपछि पदभार ग्रहण गर्नुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई शपथग्रहण गराउनुभएको थियो ।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उहाँले आफ्नो कार्यकालमा संविधानअनुसार काम गर्ने बताउनुभयो । उहाँले उपसभामुख बनेपछि आफ्नो जिम्मेवारी बढेको महशुस गरेको बताउनु भयो ।

उपसभामुख भुसालले संविधान कार्यान्वयन गर्दा संविधानले उपसभामुख पदबाट अपेक्षा गरेको भूमिका इमान्दारिताका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले सदनलाई प्रभावकारी ढंगबाट अघि बढाउन आफ्नो महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘छोटो समय भएपनि जिम्मेवारीका साथ काम गर्नेछु । जिम्मेवारी बढेको महशुस गरेकी छु । संविधान कार्यान्वयन गर्दा संविधानले उपसभामुख पदबाट अपेक्षा गरेको भूमिका इमान्दारिताका साथ काम कारबाही अघि बढाउनेछु । सदनलाई पनि प्रभावकारी ढंगबाट अघि बढाउन ३÷४ महिना जतिको समय छ, त्यो समय अत्यन्त महत्वपूर्ण रहनेछ । त्यही अनुसार भुमिका निर्वाह गर्नेछु।’

उपसभामुख भुसाल गत शुक्रबार नेकपा एमालेकी सांसद विद्या भट्टराईलाई पराजित गर्दै गठबन्धनको तर्फबाट उपसभामुखमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *