Main News

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, एकैदिन थपिए १३५ संक्रमित

हिमालय टिभी
२०७९ साउन १ गते १६:५४
कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, एकैदिन थपिए १३५ संक्रमित

१ साउन २०७९ काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । करिब पाँच महिनाको अवधिमा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो ।

गत फागुन ३० गते कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५३ पुगेका छ ।

पछिल्लो समय थप १ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा संक्रमण देखिएको हो ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ४३९ पुगेको छ । पछिल्लो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएका छन् ।

अहिले देशभर एक हजार १४३९ जना सक्रिय संक्रमित छन्। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २२ हजार ३३६ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *